काठमाडौं। नेपालमा कोरोना संक्रमित हुनेहरु एक अर्को गरेर निको हुनेहरुको संख्यामा पनि बृद्धि भएको खवर रहेको छ। त्यसरी संक्रमित मध्येवाट निको हुनेको संख्या १ सय ५५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलवार रातिसम्मको रिपोर्टअनुसार, नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ७ सय ७२ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या १ सय ५५ पुगेको वताएका छन्। डा.देवकोटाका अनुसार, कोरोना निको हुनेमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन्।

आज मंगलवार मात्र थप ९० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको पनि डा.देवकोटाको भनाई रहेको छ। कोरोना संक्रमण नेपालका ४६ जिल्लामा देखिएको छ। नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको पनि मन्त्रालयले जनाएको छ।


प्रकाशन मिति–२०७७ साल जेठ १३ गते मंगलवार ।