काठमाडौं। नेपालमा इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको हो। कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल तथा मट्टीतेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको छ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मट्टीतेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ। खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने स्थिर राखेको छ।
प्रकाशन मिति–२०७६ साल चैत १९ गते बुधवार ।