काठमाडौं। खुशीको खवर नेपाल आयल निगमले नेपालमा इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल–मट्टितेलमा १–१ रुपैया घटाएको हो।

भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको छ। पेट्रोल पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन्।

मूल्य समायोजन पश्चात् पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा कायम भएको छ। डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर ९७ हुन पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ ३ गते शुक्रवार ।