ललितपुर । खुशी पाउनका लागि खुशी बाँड्नु पर्दछ। त्यो हराएको खुशीलाई जीवन बीमा विज्ञ तथा लायन्स क्लब अफ काठमाडौं स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले चालिस जना अनाथ बालबालिकाहरु माझ पुगेर खुशी बाँड्ने कार्य गरेका छन्।

ललितपुर महानगरपालिका वडा नंबर १८ भैसेपाटी सिर्जनशील मार्गमा रहेको डक्स फाउन्डेसन नेपालमा आश्रित चालिस जना असहाय बालबालिकाहरु मिठो भोजन गराएर खुशी बाँड्ने कार्य गरेका हुन्। खुशी बाँड्ने क्रममा बालबालिकाहरुसंग गीत गाउने तथा उनीहरुसंगै रमाएर नाचगान गर्नुको अलावा आफूले ज्यादै माया गरेर साँचेर राखेको जमानाको जापानी नेशनल पानासोनिक रेडियो तथा सोफाको डनलप प्रदान गर्ने कार्य भएको छ।

त्यसको अलावा लायन्स क्लब अफ काठमाडौं स्वनिगःले नगद २० हजार सहयोग प्रदान गर्ने कार्य पनि भएको छ। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वनिगःका प्रेसिडेन्ट कविता श्रेष्ठ, पास्ट प्रेसिडेन्ट गेहेन्द्र गुरुवाचार्य, इन्टरनेशनल नेपाली जुडो रेफ्री धर्म कुमार श्रेष्ठ, लायन्स सुमन भट्ट, भावना बस्नेत भट्ट, सञ्चार मिडिया ग्रुपका अध्यक्ष तथा महाप्रवन्धक नारायण राई, मानवअधिकारकर्मी तथा धार्मिक अभियन्ता नारायण लिंखा देवान लगायतको सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७८ साल भाद्र ७ गते सोमवार ।