काठमाडौं। कोरोनाको महामारीमा दुःखी र पीडामय फोटो पोष्ट गर्नुको सट्टा खुशी दिने खुशीमय फोटो पोष्ट गर्ने कार्य गर्नु पर्दछ। खुशीमय फोटोले प्रायलाई बाँच्ने ऊर्जा दिने गर्दछ।

यसरी प्रत्येक दिनजसो खुशीमय फरक फोटो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने कार्य प्रथम मिस नेपाल रुवि राणावाट हुंदैआएको छ। सौन्दर्य व्यवसायी तथा बुटिक व्यवसायी प्रथम मिस नेपाल रुवि राणा मिस नेपाल भएको पनि २७ बर्ष भैसकेको छ।

यसअवधिमा केही नेपाली चलचित्रमा अभिनय गरेतापनि चलचित्र क्षेत्रमा भने, निरन्तरता दिने कार्य भने, रुवि राणावाट भएको छैन्। सौन्दर्य तथा बुटिक व्यवसायमा नै मनमगन बनेर खुशीमय जीवन विताइरहेकी छन्। खुशी हुन त रुवि राणावाट सिक्नु पर्दछ।

प्रकाशन मिति–२०७८ साल बैशाख २७ गते सोमवार ।