ललितपुर। खेल र खेल जीवनवाट आफ्नो गाउँ–ठाउं तथा समाज अनि राष्ट्रलाई नै चिनाउन सफल खेलाडीहरुको सम्मान भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ थसिखेल स्थित खालीबारी युवा फुटबल क्लबको आयोजनामा खेलाडी सम्मान भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा जनही नगद ५ हजार सहित खेलाडीहरुको सम्मान गर्ने कार्य भएको छ। खालीबारी युबा फूटबल क्लबको संरक्षक सानुलाल श्रेष्ठको सभापतित्वमा भएको सम्मान कार्यक्रममा क्लबका अध्यक्ष सन्जीब पाण्डे लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा प्रमुख अतिथि लोकप्रिय वडा अध्यक्ष श्रेष्ठले प्रत्येक खेलाडीहरुलाई नगद ५ हजार सहित सम्मान प्रदान गरेका थिए।

आयोजक क्लब तथा सहयोगी हातहरुको सहयोगवाट उक्त नगद सम्मान गरिएको जानकारी वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्। वडाले पनि क्लबको यसप्रकारको गरिमामय कार्यका लागि आयोजक क्लवलाई सहयोग गर्ने प्रतिवद्धता पनि वडा अध्यक्ष श्रेष्ठले व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७७ साल असार २० गते शनिवार ।