काठमाडौं। ख्यातिप्राप्त अग्रज गायिका देविका बन्दनाको माया घटेन। माया घटेन बोलको गीत नै गायिका बन्दनाको विलकुलै नयाँ गीत भएको छ। जुन गीतको केही दिनअघि मात्र विश्वव्यापी रिलिज भएको हो।

यस गीतले गायिका बन्दनाको गायनको उचाईमा थप उचाई कायम भएको छ। कुनैपनि फिल्मभन्दा कम नभएको यस गीतको भिडियोले मखमली आवाजकी धनी गायिका बन्दनाको गीतमा अलौकिक सुन्दरता थप्ने कायम भएको छ।

मोडल रेश्मा घिमिरेको फिचरिङ रहेको यस गीतको भिडियोमा गायिका बन्दनाको उपस्थितिले रौनकता थपिएको छ। दीपक शर्माको शव्द तथा संगीत रहेको माया घटेन गीतमा माया थप्नेहरुको गजबकै मेला लागेको छ। टेकेन्द्र शाहको निर्देशन रहेको छ।

प्रकाशन मिति–२०७६ साल भदौं २ गते सोमवार ।