काठमाडौं। नेपालभाषाका म्युजिक भिडियोहरु एक पछि अर्को गरेर निर्देशन गरेर सफलताको रेकर्ड नै राख्दैआएका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशी निर्देशित पछिल्लो भिडियो सार्वजनिक भएको छ। निर्देशक जोशीव्दारा निर्देशित धुकु पिक्यु क्यने छन्त बोलको शानदार गीत सार्वजनिक भएको हो।

तारा राम मुनकर्मीको गायन, विकासरत्न कंसाकारको गीत तथा अनिल तुलाधरको संगीत रहेको उक्त गीतको भिडियोमा नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ र नंबरी नायिका आराध्यलक्ष्मी खड्गीको बेजोड अभिनय रहेको छ।

पनौति तथा कीर्तिपुरका भर्जिन लोकेसनहरुमा छायाँकन गरिएको भिडियोमा माया–प्रेमका लागि सारा संसार लुटाउन खोज्ने प्रेमीको कथा बुनिएको छ। ख्यातिप्राप्त छायाँकार तथा सम्पादक सोहन मानन्धरको मनमोहन छायाँकन तथा सम्पादन रहेको छ।

विगत पचास बर्षदेखि निरन्तर कला क्षेत्रमा लाग्दैआएका अभिनेता तथा निर्देशक पवन जोशीको पछिल्लो अर्को सवोत्कृष्ट भिडियोका रुपमा यो भिडियोलाई लिइएको भिडियो सार्वजनिक समारोहमा उल्लेख भएको छ।

भिडियो सार्वजनिक समारोहमा प्रमुख आतिथ्यता नेपालभाषाका बरिष्ठ गायक भृगुराम श्रेष्ठ, बुनियाद गीतका मायाबी गायक प्रवेशमान शाक्यको रहेको थियो। त्यस्तै, विशेष आतिथ्यता नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरको रहेको थियो।

प्रकाशन मिति–२०७७ साल फागुन २३ गते आइतवार ।