Satya Kala Rai with Nawal Khadka 10काठमाडौ। नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त अभिनेता नवल खड्का र चर्चित गायिका सत्यकला राई यतिखेर अर्गानिक ग्रीन–टीको व्यवसायमा लागेका छन्। दुई सन्तानका धनी यी दम्पत्ति अर्गानिक ग्रीन–टीको व्यवसायमा सफल पनि बन्दै गएका छन्। डेढ बर्षअगाडि हिमालयन अर्गानिक सेलिब्रेंटी कंपनी दर्ता गरेर यस व्यवसायमा लागेको बताउने खड्का र राई दम्पत्ति सेलिब्रेटी अर्गानिक ग्रीन–टीका पर्याय बन्न सफल बनेका छन्।

Satya Kala Rai with Nawal Khadka
Nepalese Vetran Singer Satya Kala Rai with Nepalese vetran Actor Nawal Khadka

काठमाडौको सिनामंगल केएमसी हस्पिटल रोडमा सेलिब्रेटी अर्गानिक ग्रीन–टीको आधिकारिक शोरुम खोलेर यस व्यवसायलाई विस्तार गरेका खड्का तथा राई दम्पत्ति यस व्यवसायवाट निक्कै खुशी देखिएका छन्। ग्रीन–टी प्रतिको जनमानसको अत्यन्त आकर्षणको कारण यो व्यवसाय फस्टाउदै गएको र अर्कोतर्फ स्वास्थप्रति सवै सचेत भएकोेले पनि ग्रीन–टीको डिमाण्ड भएको गायिका सत्यकला राईले भनेकी छन्।

Nepalese Vetran Singer Satya Kala Rai
Nepalese Vetran Singer Satya Kala Rai

अनावश्यक मोटो शरीर तथा ब्लड प्रेसर जस्ता रोगका कारण हैरान बनेका प्रायका लागि अचुक औषधि नै भएकोले अर्गानिक ग्रीन–टी खोज्न आउनेहरु धेरै भएको र अर्कोतर्फ कलाकारको ग्रीन–टी भनेर धेरैले रुचाएको पाएको पनि नवल खड्का बताउंछन्। सुगरलाई कन्ट्रोलमा राख्न पनि ग्रीन–टीले राम्रो गर्ने भएकोले पनि थप यसप्रति सवैको ध्यानाकृष्ट भएको पाइएको छ।नेपालका विभिन्न ठूला भाटभटेनी, बीगमार्ट जस्ता स्टोरहरुमा सेलिब्रेटी अर्गानिक ग्रीन–टी सहजै पाउने भएकोले यस ग्रीन–टी प्रति उपभोक्ता निक्कै आकर्षित बनेका हुन्।

Nepalese Vetran Singer Satya Kala Rai with Vision Sansar News Editor Shyam Smrit.
Nepalese Vetran Singer Satya Kala Rai with Vision Sansar News Editor Shyam Smrit in Green Tea Talk.

त्यसमाथि, सेलिब्रेटी अर्गानिक ग्रीन–टीको आधिकारिक पसल सिनामंगल पुग्ने प्रायलाई सेलिब्रेटी ग्रीन–टीले स्वागत गर्ने सत्यकला राई र नवल खड्का दम्पत्तिको अतिथि सत्कार कलाले सवैलाई आकर्षिक बनाउने गरेको छ।

Satya Kala Rai with Nawal Khadka 2प्रकाशन मिति–२०७४ साल जेष्ठ १२ गते शुक्रबार ।