काठमाडौं। ख्यातिप्राप्त गायिका देविका बन्दनाको पछिल्लो गीत “ए मेरो हजुर” रिलिज भएको छ। गायिका बन्दनाको जन्मदिन पारेर “ए मेरो हजुर” बोलको गीतको भिडियो रिलिज भएको हो।

नेपाली समसामयिक गीत गायनमा बेग्लै इमेज कायम गर्न सफल अग्रज गायिका बन्दनाको अत्यन्त मिलनसार गीतकार साथी शोभा केसीको शव्द रचना रहेको “ए मेरो हजुर” गीतकार साथीकै स्मृतिमा गीत रेकर्ड गरेर गीतको भिडियो रिलिज गरेको गायिका बन्दनाले भिजन संसार डटकमलाई बताएकी छन्।

सम्राट थापाको संगीत रहेको गीतको भिडियोमा पुष्प खड्का र गरिमा शर्माको मनमोहक अभिनय रहेको छ। निर्देशन सन्तोष राजबाहकको रहेको छ।

प्रकाशन मिति–२०७८ साल पुस २ गते शुक्रवार ।