ललितपुर। नेपालका ख्यातिप्राप्त दुई पत्रकार सम्मानित बनेका छन्। ललितपुर सुनचाँदी व्यवसायी संघको रजत जयन्तीको अवसरमा ख्यातिप्राप्त दुईजना पत्रकार सुरेशकिरण मानन्धर र सुनिल महर्जन सम्मानित बनेका हुन्।

नेपालभाषा र नेपाली भाषाको पत्रकारितावाट एक–एकजना पत्रकारलाई सम्मान गर्ने क्रममा नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धर र नेपाल समाचारपत्र दैनिकका सहायक सम्पादक सुनिल महर्जनलाई सम्मानित गरिएको हो।

सुनचाँदी व्यवसायीहरुले स्वतन्त्रता र सुरक्षित वातावरणमा इमान्दारीपूर्वक व्यवसाय गर्ने पाउने हकको पक्षमा पत्रकारिता मार्फत पु-याएको योगदानलाई कदर गर्दै पत्रकारद्वयलाई सम्मान गरिएको संघले जनाएको छ।

ललितपुरको सानेपामा आयोजित एक समारोहकाबीच संघका अध्यक्ष किरणभाई बज्राचार्यले खादा ओढाई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पत्रकारद्वय महर्जन र मानन्धरलाई चार तोलाको चाँदीको मुद्रा अंिकत सम्मान–पत्रव्दारा सम्मानित गरिएको थियो।

सम्मान कार्यक्रममा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसाल, प्रदेश नं ३ का सांसद् राजकाजी महर्जन, शोभा शाक्य, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, पूर्व मुख्य सचिव तीर्थमान शाक्य, ललितपुर उद्योग वाणिज्य संघ प्रदेश नं ३ संयोजक दिनेश श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्य लगायत सुनचाँदी व्यवसायी, उद्यमी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


प्रकाशन मिति–२०७५ साल पुस २७ गते शुक्रवार ।