काठमाडौं। ख्यातिप्राप्त नेपाली नायिका तथा मोडल क्षितिजा शाक्य पनि सञ्चारकर्मी रवि लामिछानेको समर्थक बनेकी छन्।

हुन त क्षितिजा शाक्यको रवि लामिछानेसंग व्यक्तिगत रुपमा कुनै चिनाजानी छैन्। कही–कतै भेटघाट पनि भएको होइन्। यद्यपि, रवि लामिछानेले न्यूज २४ टेलिभिजनको अत्यन्त लोकप्रिय टेलिभिजन कार्यक्रम सिधा कुरावाट धेरैलाई न्याय दिएको र कयौंको जीवन रक्षा गरिदिएको तथा गरिब–दुःखीहरुलाई मदत गरेको कारण आफू समर्थक बनेको जानकारी क्षितिजाले भिजन संसार डटकमलाई फोन गरेर भनेकी छन्।

काठमाडौं मलको चौथो तल्लामा क्षितिजा अपेरियल द बुटिक खोलेर व्यवसाय गर्दैगरेकी क्षितिजाको अलावा सोही तल्लामा रहेको रश्मिला व्युटी फेसियल हाउस, युलेक्स पार्लर, Cuty hub spa, Neeldevid salon, भिन्ताज पार्लर, लक्ष्मी व्युटी पार्लर, स्ट्रीम फेशन वेयर, मायुरी बुटिक, पिल्स फेशन हाउस समेत रविको समर्थक भएको जानकारी पनि क्षितिजाले दिएकी छन्।

रवि लामिछाने आफूहरुको विचारमा निर्दोष रहेको क्षितिजाले भनेकी छन्। पत्रकार शालिकराम पुडासैनी आत्महत्या काण्डमा मुछिएका बहुचर्चित लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने लगायत युवराज कँडेल र अस्मिता कार्की चितवन प्रहरीको अनुसन्धानमा चितवनमा छन्।
प्रकाशन मिति–२०७६ साल भदौं ७ गते शनिवार ।