काठमाडौं। हङकङमा रहेका ख्यातिप्राप्त नेपाली उस्ताद कृष्णभक्त महर्जनको गायन तथा शव्द र संगीत रहेको पपशैलीको अर्को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। जुन गीतको बोल नै लुकी–लुकी रहेको छ।

फरक शैलीमा बेजोड ढंगले उस्ताद महर्जनले यस गीत गाएका छन्। फरक स्वाद रहेको यस गीतको भिडियोमा उस्ताद महर्जनका साथमा मोडल विकास लामिछाने तथा निरञ्जली लामाले फिचरिङ गरेका छन्।

सोनाम पाख्रिनले यस भिडियोको निर्देशन गरेका हुन्। उत्सव दाहालको छायाँकन, सुशील न्यौपानेको सम्पादन र विमला तामाङको मेकअप रहेको छ।

प्रस्तुत छ–कृष्णभक्त महर्जनको यो बेजोड गीतको भिडियो

https://www.youtube.com/watch?time_continue=14&v=yxXXT_fP1zY

प्रकाशन मिति–२०७५ साल पुष ७ गते शनिवार ।