काठमाडौ। सामाजिक विकासमा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपालले यो बर्षको संकल्प सामाजिक विकास सम्मान प्रदान गरिएको छ। संकल्प सामाजिक सम्मान–२०७४ वाट ख्यातिप्राप्त फोटोग्राफर तथा सामाजिक अभियन्ता च्याङ्बा लामालाई सम्मानित गरिएको हो।

विशेषत अढाई दशकदेखि चुपचाप विभिन्न सामाजिक क्षेत्रमा व्यक्तिगत पहलवाट विशिष्ट योगदान दिने कार्यबापत लामालाई सम्मान प्रदान गरिएको हो। थाहै नदिइकन असहाय, अनाथ तथा अपाङ लगायत विसं.२०७२ साल बैशाख १२ गते नेपालमा आएको महाभूकम्पवाट पीडितहरुलाई आफ्नो तथा आफ्नो क्षेत्रवाट विशेष योगदान दिने कार्य लामावाट भएवापत सम्मानित गरिएको सम्मान–पत्रमा उल्लेख छ।

Mr.Chyangba Lama-Vetran Photographer of Nepal.

काठमाडौमा आयोजित विशिष्ट समारोह वीच ३ नंबर प्रदेश काठमाडौका प्रदेश सभासद राजेश शाक्यको प्रमुख आतिथ्यमा संकल्प सामाजिक सम्मान–२०७४ लामालाई प्रदान गरिएको हो। संकल्प विकास केन्द्र नेपालका प्रमुख सल्लाहकार डेविड श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित लामाको सामाजिक योगदान तथा सम्मानको बारेमा कार्यक्रम निर्देशक श्याम स्मृत, उपसभापति नारायण राई, बरिष्ठ कानून अधिवक्ता कृष्ण ढुंगाना, लायन्स क्लव अफ काठमाडौ स्वनिगःका चार्टर प्रेसिडेन्ट तारा प्रसाद कसजु, सामाजिक अभियन्ता विलाश खत्री, महिला अधिकारकर्मी सरिता श्रेष्ठ लगायतले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

सम्मानित लामाले आफूले हालसम्म पाएको सम्मान मध्येको अत्यन्त विशिष्ट सम्मान भएको बताएका छन्। जसवाट आफूलाई सामाजिक क्षेत्रमा अझ कटिबद्ध भएर लाग्न उत्प्रेरित गरेको लामाले भनेका छन्। प्रदेश सभासद राजेश शाक्यले संकल्प विकास केन्द्र नेपालले समाजमा लुकेको सामाजिक अभियन्तालाई अगाडि ल्याएर यसरी सम्मानित गर्नु अत्यन्त सह्रानिय कार्य भएको बताएका छन्। सभासद शाक्यले सम्मानले कर्मशीलहरुलाई अझ बढी उत्प्रेरणा दिने भएकोले यसको अत्यन्त आवश्यकता रहेको बताए।
तस्वीर सौजन्य–लक्ष्मी कुमारी श्रेष्ठ

प्रकाशन मिति–२०७४ साल माघ २६ गते शुक्रबार ।