काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनले गर्दा फोटोपत्रकारहरु पनि समस्यामा परेको छ। धेरैजसो फोटोपत्रकारहरुले विगत पाँच महिनादेखि तलब तथा भत्ता पाउन नसकेको वर्तमान अवस्थामा उनीहरुलाई राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्ष समेत रहेका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको संयोजकत्वमा खाद्यान्न राहत सहयोग वितरण कार्यक्रम भएको छ।

विहीवार  आयोजित कार्यक्रममा १५ जना फोटोपत्रकारहरुलाई राहत उपलव्ध गराएको हो। पहिलो फेजको लकडाउनमा पनि सहयोग गरेकी सहयोगदाता बाग्लुङ समाज कल्याण केन्द्रकी उपाध्यक्ष रसुमिला श्रेष्ठको सहयोगमा दोश्रो फेजको लकडाउनमा पनि राहत सहयोग उपलव्ध गराएको हो।

विहीवार आयोजित राहत सहयोग कार्यक्रममा बाग्लुङ समाज कल्याण केन्द्रकी उपाध्यक्ष रसुमिला श्रेष्ठले २५ केजीको १० बोरा चामल र अर्का समाजसेवी सरोज भारीले ५ बोरा चामल सहयोग उपलव्ध गराएको थियो। साथमा १५ केजी मस्यौरा (सोयाविन) पनि सहयोग प्रदान गरेका थिए।

प्रकाशन मिति–२०७७ साल भाद्र २५ गते विहीवार ।