काठमाडौंं। ख्यातिप्राप्त मोडल तथा कोरियोग्राफर र रशलाइड मिडियाकी कार्यकारी प्रमुख रमिता भण्डारीको गायन रहेको गीतको भिडियो रिलिज भएको छ।

माघीको अवसरमा रशलाइट मिडियाको आधिकारिक युट्युब च्यानलवाट गायिका रमिता भण्डारीको थर्ड एल्बम सानी नानीवाट सानी नानी वोलकै गीतको भिडियो रिलिज भएको हो। जसमा गायिका रमिता भण्डारीले फिचरिङ मात्र गरेकी छन्।

स्मृति पोखरेल, काजी पारस, डि.वान कृयु लगायतको टीमले मोडलिङ गरेका छन्। शव्द–संगीत जन्म राइको रहेको छ। निर्देशन रोशन दाहालले गरेका छन्।

 

विशेषत मोडलिङ तथा कोरियोग्राफी र इभेन्ट म्यानेजमेन्ट क्षेत्रमा बेग्लै इमेज राखिसकेकी रमिता भण्डारीको गायनको शौख सानैदेखिको हो। तीनवटा गीति–एल्बम एक पछि अर्को गरेर सार्वजनिक गरिसकेकी रमिता भण्डारीको गायनमा बेग्लै दख्खल रहेको छ।

मोडलिङ, कोरियोग्राफी, इभेन्ट म्यानेजमेन्टको साथमा गायनको करियरलाई पनि अव एकसाथ निरन्तर लाने रमिता भण्डारीले भिजन संसार डटकमसंगको कुराकानीमा भनेकी छन्।

https://www.youtube.com/watch?v=LE_TNMxR-pM&feature=share&fbclid=IwAR1t3Rk7w7KIGN-K5pe8a8zMVfyW1_ANbDm-7e7Aq7AMS7K6v2VFzErgfHg

प्रकाशन मिति–२०७६ साल माघ १ गते बुधवार ।