काठमाडौं। नेपालकी अग्रज ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुश्का बैद्य ब्राण्ड एम्बासडर रहेको बेडिक लाइन कस्मेटिकको एक दिने व्युटी सेमिनार संपन्न भएको छ। शनिवार काठमाडौैको पुरानो बानेश्वर स्थित सिद्धार्थ फुडल्याण्डमा बेडिक लाइनको व्युटी सेमिनार भएको हो।

ब्राण्ड एम्बासडर रुश्का बैद्यको प्रमुख आतिथ्यतामा भएको व्युटी सेमिनारमा काठमाडौं उपत्यकाका १ सय ५० जना व्युटीसियनहरुको अभूतपूर्व सहभागिता रहेको थियो। उक्त व्युटी सेमिनारमा भारतको नयाँ दिल्लीवाट आएकी भारतीय व्युटी एक्सपर्ट तथा बेडिक लाइनकी नेशनल टेक्निकल एजुकेटर मिनाक्षी अरोराले लाईभ व्युटी टपिक्सहरु प्रस्तुत गरेर सहभागी व्युटीसियनहरुलाई प्रशिक्षण दिने कार्य भएको थियो।

नेपालमा चार बर्षदेखि बेडिक लाइन कस्मेटिकले व्यापार प्रवद्र्धन कार्य शुरु गरिएको र त्यसको सोल नेपाल डिस्ट्रिव्युटर मुनेश जैनले लिएका हुन्। छोटो समयमा बेडिक लाइनको विश्वसनिय उत्पादनको कारण अत्यन्त लोकप्रिय बनेको दावी डिस्ट्रिव्युटर मुनेश जैनले भिजन संसार डटकमसंगको कुराकानीमा गरेका छन्। जैनले नेपालभर बेडिक लाइनका प्रडक्टहरुको डिस्ट्रिव्युसन गर्ने कार्य गर्दैआएका छन्। कार्यक्रमको संचालन  कस्मेटोलोजीको मेधावी विद्यार्थी रुविश्का श्रेष्ठले बेजोड ढंगले गरेकी थिइन्।


प्रकाशन मिति–२०७६ साल जेठ ११ गते शनिवार ।