काठमाडौं। नेपालकी ख्यातिप्राप्त सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरले १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न गरेको छ। काठमाडौंको नक्साल स्थित अरन्या बुटिक होटलमा आइतवार सामाजिक दूरी कायम गरेर भव्य सम्पन्न गरेको हो।

सिटिइभिटीका बागमती प्रदेश प्रमुख तैलेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिमा डिस्ट्रिक गभर्नर लायन केशब पाण्डेका साथमा नेपालका चर्चित मेकअप आर्टिष्ट, कलाकार तथा मोडलहरुको सहभागिता रहेको थियो। बार्षिक उत्सवम ‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरबाट व्युटिसियन प्रशिक्षण लिएका ४० जना व्युटीसियन कोर्शका विद्यार्थीहरुलाई कोर्श उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।

बार्षिकोत्सवको रमाइलो माहोलमा आयोजक ख्यातिप्राप्त सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठले १८ बर्ष अगाडि आफूले स्थापना गरेको स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र व्युटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताएकी छन्। जहाँवाट हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउन पाउँदा अत्यन्त खुशी तथा गर्ब लागेको सौन्दर्यविज्ञ श्रेष्ठले वताएकी छन्।

१८ बर्षको अबधिमा आफूले काठमाडौं र बनेपामा गरि करिब १० हजार भन्दा बढी व्युटीसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि सौन्दर्यविज्ञ श्रेष्ठले खुलासा गरेकी छन्।

प्रकाशन मिति–२०७८ साल साउन ३१ गते आइतवार ।