काठमाडौं। सवैको मन–मनमा बस्न सफल ख्यातिप्राप्त हाँस्य अभिनेता हरिवंश आचार्य ६३ बर्ष पुगेका छन्। सवैखाले अभिनयमा स्वभाविक अभिनय गर्न अत्यन्त माहिर हाँस्य अभिनेता हरिवंश आचार्यको बुधवार ६३ औं जन्मदिन हो।

यस अवसरमा नेपालको एकमात्र कमेडी एफएम रेडियो अडियोले हरिवंश आचार्यको जन्मदिनलाई उत्सव मात्र होइन, महाउत्सव नै मनाइदिएको छ। हरिवंश आचार्यका जोडी कमेडी किङ मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको महाउत्सवमा ख्यातिप्राप्त फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीका कार्यकारी प्रमुख च्याङ्बा लामाले चित्ताकर्षक हरिवंश आचार्यको फोटोसहितको फ्रेम उपहार प्रदान गरेका थिए।

फ्रेम उपहार प्रदान गर्ने कार्य च्याङ्बा लामाको साथमा आयोजक रेडियो अडियोका प्रमुख दीपेन्द्र खनियाँवाट भएको थियो। चित्ताकर्षक फ्रेम उपहार पाउंदा दंग परेका हरिवंश आचार्यले च्याङ्बा लामालाई धन्यवाद भन्दै मज्जाले बर्थ–डे केक खुवाएका थिए। नेपाली हाँस्य क्षेत्रका एक से एक कलाकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७६ साल कात्तिक २७ गते बुधवार ।