काठमाडौ। नेपालका ख्यातिप्राप्त हारमोनियम उस्ताद तथा चर्चित गायक नागेन्द्र श्रेष्ठको यादमा बबाल मार्मिक गीत तयार भएको छ। त्यो गीत पनि उस्ताद श्रेष्ठको जीवन संगीनी रचना प्रधानले उस्तादजीको यादमा लेखेकी हुन्।

जुन गीतको वोल नै तिमी विना एकैक्षिण मलाई हरपल हरक्षण केवल दुःखीरहन्छ मुटुमा तिमी विना हो। उस्ताद नागेन्द्र श्रेष्ठ हंगकंगमा रहदा उस्तादजीको यादमा गीतकार रचना प्रधानले असिम प्यारका साथ नेपालमा लेखेकी हुन्।

सोही गीतमा उस्तादजी आफैले गायिका प्रविशा अधिकारीको गायनमा संगीत दिएपछि गीतले मूत्र्तरुप लिएको हो। यस गीतको म्युजिक एरेञ्ज अर्का ख्यातिप्राप्त संगीतकार तथा गितारका बादशाह अनिल शाहीले गरेका हुन्।

यस गीतको भिडियो पनि गजबले तयार भएको छ। बिकास लामिछाने र संज्ञा श्रेष्ठले यस गीतको भिडियोमा अभिनय गरेका छन्। भिडियोमा प्रेम र विछोडको कथा मज्जाले बुनिएको छ। रयान कार्कीले निर्देशन गरेको यस गीतको भिडियो केही साता पछि सार्बजनिक हुने भएको छ। उत्सब दाहालले खिचेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन्।


प्रकाशन मिति–२०७५ साल असार १३ गते बुधवार ।