काठमाडौ। नेपालभाषाको कमेडी सिरियलमा इमेज च्यानलमा प्रसारणको ७ सय एपिसोड पूरा गरेर ऐतिहासिक कीर्तिमान ख्वताबजीले कायम गरेको छ। यस अवसरमा ख्वताबजी टीमले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जन–चेतनामूलक कार्यक्रम गरेको छ।

ललितपुरको शंखमूल स्थित लिटिल फ्लावर स्कुलमा आयोजित कार्यक्रममा अचानक हट एटेक्ट भएर कोही बेहोश भएमा होशमा ल्याउने तौर–तरीका संवन्धी जनचेतनामूलक कार्यक्रम भएको हो। ख्वताबजी सिरियलका टीम लिडर तथा निर्देशक सुरेन्द्र तुलाधरको अगुवाईमा भएको कार्यक्रममा संझना ल्याबोटरीका चिकित्सक प्राविधिकहरुको सहयोगमा त्यस जनचेतनामूलक कार्यक्रम संपन्न भएको हो।

सैद्धान्तिक तथा व्यावहारिक अभ्यास समेत गराएर गरिएको कार्यक्रममा ख्वताबजीका कलाकार तथा विभिन्न सामाजिक क्षेत्रका अगुवाहरुको उत्साहजनक सहभागिता रहेको थियो। ख्वताबजीको ७ सय भागको गौरबमय कीर्तिमानको अवसरमा केही दिनमा नै आँखा शिविर तथा आँखा दान कार्यक्रम पनि गरिने जानकारी ख्वताबजीका लेखक तथा निर्देशक सुरेन्द्र तुलाधरले भिजन संसारलाई बताएका छन्।


प्रकाशन मिति–२०७४ साल माघ ६ गते शनिवार ।