Past Living God Kumari M/S Matina Shakya
Past Living God Kumari M/S Matina Shakya

काठमाडौ। नेपालको जीवित देवीको रुपमा चिनिएकी अनि मल्ल राजाहरुको कुलदेवताको रुपमा मानिएकी आराध्यदेवी तलेजु भवानीको प्रतीक निवर्तमान कुमारी मतिना शाक्यको साधारण जीवन शुरु भएको छ। सोमवारवाट निर्वतमान कुमारी मतिनाको साधारण जीवन शुरु भएको हो।

गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिनाको उमेर १२ वर्ष पुगेकाले महाअष्टमीका दिन शाक्यलाई परिवर्तन गरि ३ वर्षीया बालिका तृष्णा शाक्यलाई राष्ट्रिय जीवित देवी कुमारी रुपमा प्रतिस्थापन गरिएको थियो। नयाँ कुमारी तृष्णा शाक्य भएपनि मतिना शाक्यलाई महाअष्टमीका दिनदेखि चार दिनसम्म कुमारी कै रुपमा पुजिएको थियो।

तलेजु मन्दिर र कुमारी घरका नीनीहरुले आइतबार तन्त्र विधिअनुसार बाँधिएको मतिनाको कपाल खोली दिएपछि सोमवारदेखि विधिवतरुपमा सामान्य जीवन सुरु भएको हो । त्यसपछि मतिना सोमवार पहिलो पटक सर्वसाधारणका रुपमा ज्यावहालस्थित मामा घरसमेत गएकी छन्।

ग्रिन पिस स्कूल गणबहालमा ७ कक्षामा अध्ययनरत मतिना अब अन्य बिद्यार्थी सरह नै अब स्कूल जानेछिन्।
प्रकाशन मिति–२०७४ साल असोज १७ गते मंगलवार ।