काठमाडौ। एटीएम, जिगोलो र बर्बाद जस्ता अत्यन्त हट एण्ड ग्ल्यामर फिल्म खेलेर बबाल चर्चामा आएकी नायिका जिया केसीले तीन बर्षयता फिल्म खेलेकी छैनन्। फिल्म नखेलेपनि जियाको उही हट एण्ड ग्ल्यामर चर्चा भने घटेको छैन्।

नघटनुको एउटै कारण हो–जियाको नाम सुपरस्टार ग्ल्यामर हिरो भुवन केसीसंग जोडिएर हो। भुवन केसीसंग कुनै न कुनै रुपले जोडिदै आएकी जिया भुवनलाई आफ्नो अत्यन्त मिल्ने साथी भन्न रुचाउंछिन्। जसको कारण कतिपय अवस्थामा भुवनको मोबाइल फोन उठाउने देखि भुवनका कतिपय पारिवारिक कार्यमा पनि सहभागिता जनाउने गर्दैआएकी छन्।

भुवनका प्राय परिवारका सदस्यहरुसंग जियाको हेलमेल रहेको छ। भुवनको छोरी काजल देखि हालका सुपरस्टार हिरो अनमोल केसीसम्म पनि जियाको राम्रो संवन्ध छ। यिनै भुवन केसीको सुपरस्टार सुपुत्र अनमोल केसी अभिनित फिल्म कृ को काठमाडौको कमलपोखरी स्थित कुमारी हलमा आइतवार रेड कार्पेट प्रिमियर–शोमा पनि जिया केसीको बेजोड उपस्थिति नै देखियो।

भुवन केसी भन्दा १५ मिनेट अगाडि कुमारी हलको परिसरमा देखा परेकी जियाको उपस्थितिले सवैलाई हट महशुश गराइएको थियो। चिसो मौसममा पनि पातलो पहिरनमा देखिएकी जियाले आफू हट भएको कारण काठमाडौको माघ महिनाको चिसोले नछुने गरेको भिजन संसारसंगको कुराकानीमा भनेकी छन्।

जियाले आफ्नो शरीर नै गरम भएको कारण चिसोले छुने नगरेको तर्क गरेकी छन्। भुवनसंगको संवन्धको विषयमा आफूहरु गुड फ्रेण्ड भएको खुलासा गर्दै आफूहरु वीचको संवन्ध सवैलाई थाहै भएको कुरा हो भनेकी छन्।

प्रकाशन मिति–२०७४ साल माघ २८ गते आइतवार ।