काठमाडौं। इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा अग्रणी अनि उत्कृष्ट कंपनी मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा क्वीक्स सुपर किड इन्टरनेशनल–२०१८ को आयोजना भएको छ। काठमाडौंको दरबारमार्ग स्थित होटल उडल्याण्डमा क्विक्स सुपर किड इन्टरनेशनलको आयोजना भएको हो

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी अध्यक्ष तथा कार्यकारी निर्देशक मोहना क्षेत्रीको अगुवाईमा भएको कार्यक्रममा सिनियर तथा जुनियर बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको थियो। जसमा यो बर्षको सुपर किडमा सिनियरवाट गर्दिष्मा मल्ल र जुनियरवाट अविशा हाडा बनेका छन्।

त्यसैगरेर फस्ट रनरअपमा सिनियरवाट प्रन्जु आचार्य र जुनियरवाट बर्षा बेल्बासे बने। पब्लिक च्वाइस अवार्ड विराज चौहान सिनियरवाट र अविशा हाडा जुनियरवाट प्राप्त गरेका छन्।

कार्यक्रममा बरिष्ठ फोटोपत्रकार श्याम चित्रकार, बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ अभिनेत्री मिथिला शर्मालाई विशेष सम्मान प्रदान गरिएको थियो। कोरियोग्राफी विपासना खनालको थियो।
प्रकाशन मिति–२०७५ साल असोज १४ गते आइतवार ।