काठमाडौ। नेपाली चलचित्रकी ख्यातिप्राप्त नायिका निशा अधिकारी यतिखेर गर्भवती रहेकी छन्। केही समय पश्चात आमा बन्ने तयारीमा रहेकी निशा निक्कै नै उत्साहित बनेकी छन्।

गर्भवती समयलाई अझ रोमान्चक र रोचक बनाउनका लागि निशाले सामाजिक सञ्जाल मार्फत आफ्ना विविध फोटो पोष्ट गर्ने कार्य गर्दैआएकी छन्। आफ्नो मात्र नभइकन आफूजस्तै आमा बन्न लागेका भाग्यवान गर्भवतीहरुको पुट्ट देखिएको पेटको सेल्फी खिच्दै गरेका फोटाहरु सार्वजनिक गरेर ती हुनेवाला आमाहरुको पनि सम्मान गरेको पाइएको छ।

हाल अमेरिकामा रहेकी निशा अमेरिकामा नै बच्चा जन्माउने तर्खरमा रहेकी छन्। एक बर्षअगाडि नेपालको चर्चित क्रिकेटर शरद भेषवाकरसंग विवाह बन्धनमा बाँधिएकी निशा फिल्मी करियरलाई थाती राख्दै चांडै आमा बन्न लागेकी पछिल्लो पुस्ताकी पहिलो नायिका बनेकी छन्।

प्रकाशन मिति–२०७४ साल फागुन २५ गते शुक्रबार ।