काठमाडौ। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री करिना कपुर हाल गर्भवती रहेकी छन्। केही महिनापछि सन्तानकी आमा बन्ने तर्खरमा रहेकी अभिनेत्री कपुरको पाँच बर्ष अगाडि विवाहिता अभिनेता सेफ अलि खाँनसँग विवाह भएको हो। विवाह भएको पाँच बर्षपछि आमा बन्न लागेकी करिनाका बारेमा विभिन्न रोचक खवरहरु भारतीय समाचार माध्यमहरुमा आउन थालेको छ। करिनाका ती २० रोचक खवर यस प्रकार रहेका छन्–

Karina Kapoor in Preganancy

1.करिना गर्भमा रहेका वेला उनकी आमाले ‘अन्ना करेनिना’ नामक किताब पढ्ने गरेकी थिइन् । त्यसकारण उनको नाम करिना राखिएको हो । तर, घरमा उनलाई सबैले ‘बेबो’ भनेर बोलाउने गर्दछन् ।

2.कपुर खान्दानकी करिनालाई फिल्म अभिनयप्रति बच्चैदेखि रुचि बढेको हो । फिल्मी माहोलमा हुर्किएकी करिनाले पछि पढाइभन्दा अभिनयमा मन लगाइन् । पढाइ अधुरै छाडे पनि उनी आफू सधैँ अब्बल बिद्यार्थी भएको दाबी गर्ने गर्छिन् ।

3.उनकाे सलमान खानसँग बच्चैमा भेट भएको थियो । त्यतिवेला सलमान करिनाकी दिदी करिश्मासँग एउटा फिल्मको सुटिङमा व्यस्त थिए । त्यतिवेला सलमानले करिनासँग बच्चाजस्तो व्यवहार देखाएका थिए। त्यसकारण करिना सलमानदेखि डराएकी थिइन् । तर पछि ‘क्युँ कि’, ‘बडीगार्ड’, ‘बजरंगी भाइजान’लगायतका फिल्ममा करिना सलमानकी हिरोइन बनिन् ।

4.करिना हिरोइन बनेको पहिलो फिल्म ‘कहो ना प्यार है’ हो । तर, केही दिनको सुटिङपछि उनी त्यो फिल्मबाट अलग भइन् । राकेश रोशनले त्यो फिल्ममा आफ्ना छोरा ऋतिकलाई धेरै फोकस गरेकाले करिना अगल भएको बताइन्छ । पछि ‘कहो ना प्यार है’मा अमीषा पटेल हिरोइन भइन् ।

Karina Kapoor Preganent 4

5.करिना हिरोइन भएको पहिलो फिल्मचाहिँ ‘रिफ्युजी’ (सन् २०००) हुन पुग्यो ।
6.करिना साह्रै जिद्धी स्वभावकी छिन् । उनले करण जौहरको एउटा फिल्ममा यसकारण काम गरिनन् कि उनले तोकेको पारिश्रमिक दिन करण तयार भएनन् ।
7.‘चमेली’ करिनाको चर्चित फिल्ममा पर्छ । उनले सुरुमा चमेलीमा अभिनय गर्न अस्वीकार गरेकी थिइन्। वेश्याको भूमिका निर्वाह गर्न नचाहेकाले ‘रिजेक्ट’ गरेकी करिनाले दोस्रोपटकको प्रस्तावमा मात्र सो फिल्म स्विकारेकी थिइन् ।

Karina Kapoor Preganent 3

8.त्यसपछि चमेलीको चरित्रमा उत्रिनका लागि उनी थुप्रै रात मुम्बईको रेडलाइट एरिया पुगेकी थिइन् ।
9.करिना समकक्षी हिरोइनसँग त्यत्ति मिल्दिनन् । केही न केही कुरामा उनको झगडा परिहाल्छ । ‘अजनवी’ फिल्मको सुटिङका क्रममा उनको बिपासा बसुसँग झगडा परेको थियो ।

Karina Kapoor Preganent 1

10.करिनाले बिपासालाई ‘काली बिल्ली’ भनेकी थिइन् । त्यसैगरी ‘ऐतराज’ फिल्मको सुटिङका क्रममा उनको प्रियंका चोपडासँग पनि झगडा परेको थियो ।
11.करिनाले बलिउडका तीन बादशाह खान– आमिर, सलमान र शाहरुख, तीनै सुपरस्टारसँग अभिनय गरिसकेकी छिन् ।
12.शाहरुख करिनाको कामप्रति यति धेरै प्रभावित छन् कि उनले एउटा अन्तर्वातामा ‘आफ्नो बस चल्ने भए आफ्ना सबै फिल्ममा करिनालाई हिरोइन लिने थिएँ’ भनिसकेका छन् ।

Karina Kapoor Preganent 213.करिनाको साहिद कपुरसँग लामै समय अफेयर चलेको थियो । साहिदकै सल्लाहमा उनी शाकाहारी बनेकी हुन्।

14‘टसन’ फिल्मको सुटिङका क्रममा करिना सैफ अलि खानसँग नजिकिएकी थिइन् । पछि उनीहरूले बिहे गरे ।
15.करिनाले अहिलेसम्म ६ वटा फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । बेस्ट फिमेल डेब्यु (रिफ्युजी २००१), स्पेसल अवार्ड (चमेली, २००४), बेस्ट क्रिटिक्स (देव, २००५), बेस्ट क्रिटिक्स (ओमकारा,२००७) र बेस्ट सपोर्टिङ एक्ट्रेस (वी आर फेमेली,२०११) करिना एक्सन फिल्म मन पराउ“दिनन् । उनलाई नारीप्रदान, सेन्टिमेन्टल कथाका फिल्म मन पर्छ ।

karina_kapoor

16.फिल्ममा आउनुअघि उनले किशोर नमीत कपुरसँग अभिनयको प्रशिक्षण लिएकी थिइन् ।
‘फिदा’ फिल्ममा करिनाले पहिलोचोटि भिलेनको भूमिका निर्वाह गरिन् ।
17.करिना घोडा सवार गर्न र खाना पकाउन रुचि राख्छिन् ।
18.करिना मलाइका अरोरा खान, अमृता अरोरा र इशा देओलसँग निकै निकट छिन् । उनीहरू प्रायः सँगै देखिने गर्दछन् ।

Karina Kapoor Red

19.‘टसन’ फिल्मका लागि करिनाले जिरो फिगर बनाएकी थिइन् । त्यसपछि नै हिरोइनमा जिरो फिगर बनाउन तँछाडमछाड भएको हो । फिट रहनका लागि उनी हरेक दिन योगा गर्ने गर्छिन् ।
20..रियल लाइफजस्तो रिल लाइफमा करिना र सैफको जोडी जमेको छैन । उनीहरूले सँगै अभिनय गरेको ‘कुर्बान’, ‘टसन’ र ‘एजेन्ट विनोद’ फ्लप भए ।आमिर खानले भन्ने गरेका छन्– करिना अहिलेका मध्ये सबैभन्दा सुन्दर हिरोइन हुन् ।
प्रकाशन मिति–२०७३ साल असोज १० गते सोमवार ।