काठमाडौं। बलिउडका नामुद विश्वविख्यात भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भएको छ। मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि भारतको मुम्बइ स्थित अस्पताल लगिएका लहरीको आज बुधबार बिहान निधन भएको हो ।

भारतको रङ्गिन दुनियाँमा ‘बप्पी दा’ को नामले परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो । सांगीतिक माहौल भएको परिवारमा जन्मिएका बप्पी लहरीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक हुनभने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार थिइन्।

१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पी लहरीले सन् १९७२ मा बंगाली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिएका थिए । बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिएका बप्पी लहरीलाई भारतको डिस्को बादशाह समेत भनिन्थ्यो । अक्सर सार्वजनिक कार्यक्रमहरुमा प्रस्तुत हुँदा गला र हातमा सुनका ठूल्ठूला सिक्री लगाएर प्रस्तुत हुने बप्पी लहरी गहना र नगद बाँड्ने कामका लागि पनि चर्चित मानिने गरेका थिए।

प्रकाशन मिति–२०७८ साल फागुन ४ गते बुधवार ।