काठमाडौं। गाईजात्रा पर्वको पूर्वसन्ध्यामा नेपाली हाँस्यव्यङ्ग्य फिल्मी जगतका आम दर्शक तथा श्रोताका लागि हाँस्यव्यङ्ग्यको बेजोड मसला मिसिएको धारावाहिक टेलिचलचित्र “टेन्सन साफ” शुक्रबारबाट युट्युब छन्दे च्यानलबाट रिलिज भएको छ।

साना तथा ठुला दर्जनौ चलचित्र,टेलिचलचित्र साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका फिल्मी मञ्चमा १७ बर्ष भन्दा लामो अवधिदेखि योगदान दिँदै आएका चर्चित कलाकार गोपाल ढकाल छन्देले टेलिचलचित्र “टेन्सन साफ”लाई आफ्नो युट्युब छन्दे च्यानलबाट निरन्तरता दिएको हो।

हर्कमान वाइबा (रिदम),रबिन भुषाल(कडा),राजेश महर्जन, सूर्यकला आचार्यको निर्माण संयोजनमा निर्मित “टेन्सन साफ” टेलिचलचित्रको लेखन तथा निर्देशन स्वयम् गोपाल ढकाल (छन्दे)ले गरेका हुन् । आगामी दिनमा कथा लेखन भानुभक्त ढकालको पनि रहने भएको जनाइएको छ।

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट प्रा.लि को ब्यानरमा निर्मित हाँस्यव्यङ्ग्य सामाजिक धारावाहिक टेलिचलचित्र “टेन्सन साफ”मा चर्चित कलाकार श्याम राई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल(छन्दे), गीता नेपाल, रोहित कार्की, प्रमिला राई, हर्कमान वाईबा(रिदम), रबिन भुषाल(कडा), आशिका अधिकारी,उमेश पाण्डे(उमिशा), शोभित वाईबा, मिठु माझी, राजेश महर्जन लगायतले बेजोड हाँस्य प्रस्तुति पस्किएका छन्।

गोपाल ढकाल छन्देको शीर्ष गीत लेखन बैकुण्ठ अधिकारीको एरेन्ज तथा संगीतमा कृष्ण भट्टरार्ई,उद्धव प्रसाद भट्टराई तथा गीता नेपालले स्वर दिएका छन् भने यस टेलीचलचित्र “टेन्सन साफ”मा पाश्र्व संगीत धनु ग्याङ्ग्मीको रहेको छ । छायांकन हर्कमान वाईबा(रिदम),श्रृँगार अनु अधिकारी, उमेश पाण्डे(उमिशा),सम्पादन गोपाल ढकाल(छन्दे), प्रोमो,पोस्टर,भि.एफ.एक्स दिन्शन शाहको रहेको छ ।

https://www.youtube.com/watch?v=SjeiI0iXtZM&feature=youtu.be&fbclid=IwAR1R3Mtb271Kc1GvzBl6Uc1JEFIoxqeN1i3BLAnPXczrE8Bi6mOhTd9WZ48

प्रकाशन मिति–२०७७ साल साउन १६ गते शुक्रवार ।