Gaijatre Kalakar 1काठमाडौ। गाईजात्रा यसैपनि रोमाञ्चक तथा मनमोहक पर्वको रुपमा लिइने गरेको छ। गाईजात्रा पर्वमा बर्षभरि मनमा कुण्ठाको रुपमा कस्सेर बसेका कतिपय मनका भरासहरुलाई व्यंग्यको माध्यमवाट जस्ताको तस्तै प्रस्तुत गरिने गर्दछन्। यो पर्वमा मनोरञ्जनात्मक रुपमा जसले जस्तो तरीकाले स्वस्थ ढंगवाट व्यंग्य गरेमा कुनै कानून तथा भ्याट लाग्दैन।

Gaijatre Kalakar 2यसै विशेष छुटलाई कलाकारहरुले गाईजात्रे कार्यक्रमका रुपमा प्रस्तुत गरिने गरेको पाइन्छ। यसलाई अवसरका रुपमा कलाकारले लिइने गरेको छ। यो बर्षपनि आजवाट टेलिभिजनका चर्चित हाँस्य कलाकारहरुले काठमाडौको प्रज्ञाभवन लगायतका स्थानमा तिते–जिरे–मेरी बाँस्सै गाईजात्रे कार्यक्रम पस्कने कार्य प्रारम्भ भएको छ।

Gaijatre Kalakar 4हप्तादिनसम्म चल्ने कलाकारका गाईजात्रे कार्यक्रममा समसामयिक राजनीति उपर तिखो व्यंग्य–बाण हान्ने गरिन्छ। विशेषत दीपकराज गिरी, दीपाश्री निरौला, रवि डंगोल, बुद्धि तामाङ्ग हैट, शिवहरि पौडेल मुखाँ हानुजस्तो, किरण केसी, पल्पसा डंगोल, धुर्मुस, सुन्तली, जीतु नेपाल, दमन रुपाखेती लगायतका हाँस्य कलाकारहरुका लागि गाईजात्रे कार्यक्रम दर्शै पर्व जस्तो नै बन्ने गरेको छ। त्यसैले गाईजात्राको लागि यी कलाकारहरु रातोदिन नभनिकन हांस्ने र हँसाउने कार्यक्रममा अहोरात्र खट्ने गर्दैआएका छन्।

Gaijatre Kalakar 3

तस्वीर सौजन्य–संञ्जय रौनियार/शुक्रबार साप्ताहिक

प्रकाशन मिति–२०७३ साल भदौ ३ गते शुक्रबार ।