काठमाडौं। काठमाडौं गोगंबु स्थित नयाँबसपार्कमा गायक प्रकाश कटवालले संचालनमा ल्याएको टप राजधानी दोहोरी साँझको शुभारम्भ भएको छ। नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल,काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,बरिस्ठ गायक नारायण रायमाझी,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा र गायक राजेन्द्रकुमार कार्कीले सामूहिक रुपमा रिबन काटेर उदघाटन गरेपछि शुभारम्भ भएको हो।

कार्यक्रममा चर्चित गायक प्रकाश कटवालले आफ्नै क्षेत्र लोकदोहोरीको बिकास र संरक्षणको लागि दोहोरी संचालन गरेको बताए। उनले दोहोरीमा ४० जनालाई रोजगारी दिएको समेत खुलासा गरेका छन्। दोहोरी उदघाटनको अबसरमा यस क्षेत्रको हकहित र संरक्षणमा उल्लेख्य योगदान दिने विभिन्न ब्यतित्वहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान पनि गरिएको थियो।

सम्मानित हुनेहरुमा काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, जनसवाल दैनिकका सम्पादक रामजी बगाले ,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा,गायक राजेन्द्रकुमार कार्की,लोकदोहोरी ब्यबसायी संघका अध्यक्ष चुडा बहादुर कार्की, एनआरएनए जापानका प्रबक्ता पर्शु बस्नेतलगाएत पत्रकारहरु र कलाकार थिए।
प्रकाशन मिति–२०७६ साल असार ३१ गते मंगलवार ।