laxman-shresthas-sparsha

काठमाडौ। नवोदित गायक लक्ष्मण श्रेष्ठको गायन रहेको गीति–एल्वम स्पर्श चाँडै बजारमा आउने भएको छ।

त्यस एल्वमभित्रको सिरसिरे हावा वोलको गीतको म्युजिक भिडियो तयार भैसकेको छ। यस गीतको भिडियो यसै हप्ता सार्वजनिक हुने भएको छ। जसको निर्देशन प्रसिद्ध नृत्य निर्देशक राजु शाहले गरेका छन्।

भिडियोमा गायक श्रेष्ठका साथममा मोडल विनीता ओलीले अभिनय रहेको छ। व्यवस्थापन छन्दे उपनामवाट चर्चित मिस्टर फन्नी गोपाल ढकालको रहेको छ।

सवैखाले गीत गाउन माहिर मानिएका गायक लक्ष्मण श्रेष्ठको गीति–एल्वम स्पर्शका सवै गीत कर्णप्रिय रहेको जिकिर ढकालको रहेको छ।
प्रकाशन मिति–२०७३ साल पुष ५ गते मंगलवार ।