Komal Oli 1काठमाडौ। लोकदोहरी गायिका तथा रेडियो नेपालका प्रसिद्ध समाचारबाचिका कोमल ओली पानी व्यवसायी पनि बनेकी छन्। गायिका ओलीले आफ्नै नामवाट कोमल जल नामक मिनरल वाटरको शुक्रबारवाट विक्रीवितरण प्रारम्भ गरेकी छन्।

Komal Oli Jal

दाङ्गको तुल्सीपुरमा कोमल जल मिनरल वाटरको कंपनी खोलेर मिनरल वाटर व्यवसायीको रुपमा देखा परेकी गायिका ओलीले तुल्सीपुरमा कोमल जलको विधिवत शुभारम्भ गरेकी छन्। कोमल जल शुभारम्भ समारोहमा सवै आगन्तुक अतिथिहरुलाई कोमल जल मिनरल वाटर खुवाएर कोमल जलको विक्रीवितरण प्रारम्भ भएको घोषणा गरिएको थियो।

Komal Oli Jal.1

कोमल जल शुभारम्भ कार्यक्रममा काठमाडौवाट प्रसिद्ध हाँस्यअभिनेता जीतु नेपाल पुगेका थिए। शुभारम्भ समारोहमा कोमल ओलीका साथमा जीतु नेपालले रमाइलो प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

प्रकाशन मिति–२०७२ साल माघ १६ गते शनिवार ।