काठमाडौं। गीत गायन तथा सामाजिक सेवाको माध्यमवाट विश्वमाझ नेपाल र नेपाली चिनाउने अभियानमा लागेकी गायिका देशु गोले यतिखेर बेलायतमा रहेकी छन्। बेलायतवाट बेला–बेला नेपाल आएर गीत रेकर्ड गर्ने तथा विभिन्न सामाजिक सेवा गर्ने कार्य गायिका देशु गोलेवाट हुंदैआएको छ।

बेलायत लगायत विभिन्न मुलुकवाट संकलन गरेका सहयोग नेपालमा वितरण गर्ने कार्य गायिका देशु गोलेवाट हुंदैआएको छ। आफूले सक्दो सहयोग पनि प्रदान गर्ने कार्य गर्दैआएकी गायिका देशु गोलेले धरान १५ श्यामचोकमा रहेको नियूने लाखाङ्ग गुम्वा निर्माण र गुम्वाका लागि आवश्यक सामाग्री खरिद गर्न ८ लाख ३० हजार रुपैया सहयोग प्रदान गरेकी छन।

गायिका गोलेले सो गुम्वाका आश्रित अनाथ तथा असहाय वालवालिकाको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने सोच गरेकी छन्। त्यसका लागि आफूले तयारी गरिसकेको पनि भिजन संसार डटकमलाई बताएकी छन्। अक्षयकोषका लागि गायिका गोलेले ५० हजार नेपाल पठाइसकेको पनि भनेकी छन्। बेलायतमा अक्षयकोष लागि ४ लाख रुपैया संकलन गरेको गायिका गोलेले बताइन्।

असहाय तथा अनाथ वालवालिकाको शिक्षाका लागि स्थापना गर्न लागिएको सो अक्षयकोषमा रकम सहयोग गर्न बेलायतमा आव्हान गरेअनुरुप उक्त रकम संकलन भएको हो। गुम्वामा सडकबाट उद्दार गरिएका १२ जना वालवालिकालाई गाँस,बास,कपास सहित शिशु कक्षा देखि १० सम्म अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आएको छ।

यही आउने अगष्टमा नेपाल फर्केर गायिका गोलेले लण्डन नेपाल फाउण्डेशन नामक संस्था स्थापना गरी सामाजिक कार्य गर्ने बताएकी छन्। गायिका गोलेका मन छुने दर्जनौ–दर्जन गीत कर्णप्रिय रहेका छन्।
प्रकाशन मिति–२०७५ साल माघ २१ गते सोमवार ।