Mr.Anil Shahi-Vetran Musician of Nepal
Mr.Anil Shahi-Vetran Musician of Nepal

काठमाडौ। नेपालका ख्यातिप्राप्त संगीतकार अनिल शाहीको गिटारको तालसंग कालको पनि हार हुने गर्दछ। त्यो गिटारको तालमा आगो बाल्ने संगीतकार शाहीको तालको युद्धमा शायद काल अगाडि आएपनि उनको हार हुने निश्चित छ। किन कि, गिटारको त्यो डरलाग्दो कठिन तालमा कर्ड हान्दै संसारलाई हल्लाउदै आएका यिनै नेपाली संगीतकार अनिल शाही अभिनयमा पनि उत्रेका छन्।

बलिउडका डबङ हिरो सलमान खानलाई पनि माथ खुवाउने स्टाइलमा ज्यान बनाएर अनिल शाहीले पहिलो पल्ट म्युजिक भिडियोमा अभिनय गरेका छन्। संगीतकार शाहीको आफ्नै शव्द, स्वर तथा संगीत रहेको तिम्रो एक शव्द बोलको गीतको भिडियोमा बेजोड अभिनय गरेका छन्। यस भिडियोको फिचरिङमा मोडल रक्षा श्रेष्ठले संगीतकार शाहीलाई साथ दिएका छन्। मोहनराज अधिकारीको निर्देशन रहेको यस भिडियोले संगीतकार शाहीलाई अव ज्यानदार तकडा हिरोको रुपमा पनि परिचय दिएका छन्।

Anil Shahi

यो गीतको भिडियो रिलिज भएयता अभिनयका लागि एक पछि अर्को संगीतकार शाहीलाई अफर आइरहेको पनि उनले खुलासा गरेका छन्। केही दिन अघिमात्र गायिका प्रतिभा शाहसंग गाएको युगल गीतको पनि भिडियो निर्माण भएको र त्यस भिडियो केही हप्तापछि रिलिज हुने पनि संगीतकार शाहीले बताएका छन्। त्यस भिडियोमा पनि बेजोड अभिनय गर्ने कोशिश गरेको उनले भनेका छन्। आजभोलि सुन्ने गीत भन्दा हेर्ने गीतको जमाना भएकोले जमाना अनुसार आफू पनि प्रस्तुत भएको भनाई संगीतकार शाहीको भनाई रहेको छ।


प्रकाशन मिति–२०७४ साल कात्तिक १२ गते आइतवार ।