Dol Prasad Dahal- Popular Auditor & Lyricist of Nepal
Dol Prasad Dahal- Popular Auditor & Lyricist of Nepal

काठमाडौ। लामो समयको प्रयास पश्चात बुनियाद गीतका गीतकार तथा प्रसिद्ध लेखा परीक्षक डोलप्रसाद दाहाल (डीपी परिश्रमी) को एक गीतको भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मिलन अमात्यको गायन रहेको गीतकार दाहालको आँखावाट बोल रहेको उक्त गीतमा दुई मोडल विपना थापा र अनिल थापाको जीवन्त अभिनय रहेको छ।

Actress Bipana Thapa & Actror Anil Thapa's acting in Aankha bat Music Video of DP Dahal
Actress Bipana Thapa & Actror Anil Thapa’s acting in Aankha bat Music Video of DP Dahal

जसलाई म्युजिक भिडियो निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन्। डेढ बर्ष अगाडि गीतकार दाहालले बजारमा ल्याएको गीति–एल्वम तिर्सनामा संग्रहित गीतको उक्त भिडियो रिलिज गर्न पाउंदा आफूलाई अत्यन्त गर्व लागेको भिजन संसारसंगको संक्षिप्त कुराकानीमा गीतकार दाहालले भनेका छन्। बरिष्ठ संगीतकार शंभुजीत बाँस्कोटाको संगीत रहेको यस गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। प्रस्तुत छ–गीतकार दाहालको आँखावाट बोलको गीतको यो म्युजिक भिडियो–

https://www.youtube.com/watch?v=9XFS3j1htOE

प्रकाशन मिति–२०७३ साल कात्तिक १३ गते शनिवार ।