काठमाडौं । परदेश जाने संभवत नेपालीहरु कसैको पनि रहर होइन । देशमा विद्यमान राजनीतिक अस्थिरता तथा बेरोजगारीको चर्को समस्याले नचाहेर पनि रोजगारीका लागि परदेश जानु बांध्यता बनिरहेको छ।

यो बाँध्यतामा सिर्जित दुःखको यथार्थ कथा अनि व्यथा वोकेको मार्मिक गीत ‘हावासंग बहकिजाने कस्तो माया रहेछ मुग्लान झर्दा खाएको कसम सवै झूठो रहेछ‘ बनेको छ। मनछुने यो गीतको मार्मिक भिडियो सात समुद्रपारि अमेरिकावाट रिलिज भएको छ।

बुनियाद गीतकार रविन पियाको यथार्थवादी कलमव्दारा सिर्जित मायाबी कारुणिक गीतले परदेशिन बांध्य बनेका आम नेपाली युवाहरुको कथा अनि व्यथा समेटिएको छ। अन्नु चौधरीको गायन अनि चर्चित संगीतकार विकास चौधरीको संगीत रहेको यस गीतको भिडियोमा रुकेश कायस्थ र सुषमा पौडे्लको यथार्थवादी अभिनय रहेका छ। भिडियोग्राफी तथा सम्पादन इनेश रविन पियाको रहेको छ।

यसअघि गतबर्ष मात्र युगिन गायक दीप श्रेष्ठको कर्णप्रिय आवाजमा मायामा धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके बोलको गीतको भिडियो अघिल्लो बर्ष गीतकार रविन पियाले सात समुद्रपारि अमेरिकावाटै सार्वजनिक गरेका थिए । उक्त गीत सार्वजनिक भएको एक बर्षपछि अर्को नयाँ गीत सार्वजनिक गर्न पाउंदा आफूलाई ज्यादै खुशी लागेको अमेरिकावाट गीतकार पियाले भिजन संसार डटकमसंगको कुराकानीमा खुशी व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७८ साल माघ ३ गते सोमवार ।