काठमाडौ। गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले १५ लाख रुपैया प्रदान गरेका छन्। भोजपुर दिल्पा नागीँ जन्म भइ हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार अमर बान्तुले उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन।

अमर बान्तु (अमर सिहं राई) ले गीतकार सङ्घ नेपालको कार्यालय, विजुलीवजार काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई उक्त रकमको चेक हस्तारन्तरण गरेका थिए।

कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष भरत बमजन, महासचिव शुभ मुकारुङ, सचिव बसन्त वित्यासि थापा तथा कार्य समितिका सदस्यहरु बालक गुरुङ, दिलेन्द्र मुकारुङ, अमृतलाल सुनार, दाता गीतकारका धर्मपत्नी भावाना राई, प्राज्ञ शान्तिराम राई, प्रस्तोता समाजका सचिव भीषण मुकारुङ, निवर्तमान सचिव राम भट्टराई, सङ्गीतकार राज सागरलगायतका व्यक्तित्वहरुकोे उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७४ साल चैत्र १६ गते शुक्रबार ।