काठमाडौं। गीतको बोल नै दूधको साक्षी विरालो भएपछि अभिनय पनि दूधको साक्षी विरालो नै हुनु स्वभाविक हो। गायक बिकु क्षेत्री तथा गाियका मेलिना राईको युगल गायन रहेको दूधको साक्षी विरालो सार्वजनिक भएको छ।

दूधको साक्षी विरालोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा रोमान्समय अभिनय रहेको छ। गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ। दीपक शर्माले संगीतवद्ध गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। भिडियोको निर्देशन गीतकार ईट्टाघरेकै निर्देशनमा तयार पारिएको हो।

प्रकाशन मिति–२०७९ साल साउन २ गते सोमवार ।