इटहरी। इटहरीका संचारकर्मी बीरेन्द्र कुमार शाहको नयाँ गीत सार्वजनिक भएको छ। संचारकर्मी शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वर तथा अर्जुन सेन्चुरीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

गीतको बोल नै यो दिलवाट रहेको छ। ईशालाई बीरेन्द्रको याद भुलाउने गाह्रो भएको भिडियोको मुख्य कथावस्तु रहेको छ। यस गीतको म्युजिक भिडियो बिराटनगरमा भब्य कार्यक्रमका साथमा सार्बजनिक गरिएको हो।

परिकला मिडिया प्रालिको प्रस्तुति रहेको उक्त्त भिडियोलाई मार्टिना मेकअप स्टुडियोले निर्माण सहयोग गरेको हो। भिडियोमा मोडल र्इशा परियार र संचारकर्मी बीरेन्द्र कुमार आफैले दमदार अभिनय गरेका छन् ।

सुवास संकल्पको निर्देशन, छायांकन तथा सम्पादनमा उक्त भिडियो निर्माण गरिएको हो । मोडल इशा परियार कै कन्सेप्टमा निर्माण गरिएको उक्त भिडियोमा उर्बी श्रेष्ठले मेकअप तथा सुस्मिता श्रेष्ठ र संजय बाबु थापाको निर्माण ब्यबस्थापन रहेको छ। डि थ्री टिभि युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोको छायांकन इटहरी र आसपासमा गरिएको हो।

प्रकाशन मिति–२०७५ साल कात्तिक १७ गते शनिवार ।