काठमाडौं। नेपाली समसामयिक गीत लेखनमा अग्रता कायम गर्दै आएका नेपाल सरकारका पूर्व सहसचिव आनन्दरत्न बज्राचार्यको विलकुलै चेतनामूलक नयाँ गीत सार्वजनिक भएको छ।

दाइजो प्रथाको कथा–व्यथा अनि यसले ल्याएको विकृति तथा विसंगतिलाई गीतको भाकामा जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य गीतकार बज्राचार्यवाट भएको छ। गीतको टाइटल नै दाइजो राखिएको छ।

नेपाली गीत–संगीतका तिलस्मी जादूगर संगीतकार राजु सिंहको संगीत रहेको गीतमा गायिका टीका प्रसाइको गायन रहेको छ। चाँडै रिलिज हुन लागेको राजु–आनन्द नामक एल्बममा संग्रहित गीत मध्येको चेतनामूलक गीत भएको जानकारी गीतकार बज्राचार्यले भिजन संसार डटकमलाई दिएका छन्।

प्रकाशन मिति–२०७८ साल साउन २९ गते शुक्रवार ।