काठमाडौ। बैंशको पनि हुरी चल्दो रहेछ। यही बैंशमा चलेको हुरीको बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

पुस महिनाको व्यापक चिसोमा गर्मा–गर्मी हट–डान्सिङ विटको यस गीतको गाय अर्जुन सुनाम र गायिका विन्दु परियार हुन्। गीति लेखनमा आफ्नो पृथक पहिचान बनाएकी सञ्चारकर्मी सुविसुधा आचार्यको शब्द, झमक संगितम्को संगीत रहेको यस गीतको भिडियोका निर्देशक शिवन श्रेष्ठ हुन् ।

अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको भिडियोमा एकान्त मगर, जुना आलेमगर, खुशिका मगराती लगायतका कलाकारहरुको अभिनय रहेको छ।

प्रकाशन मिति–२०७५ साल पुस २५ गते बुधवार ।