काठमाडौ। स्टेजमा गीत गाउंदा गाउंदै डान्सिङ बिटमा आगो बाल्ने यो चिसो मौसममा कोही छ भने, गायिका सरिता प्रजापति नै हुन्। गायिका सरिता प्रजापतिको विशेषता भन्नु नै भद्र शैलीवाट डान्सिङ बिटमा गीत गाउंदा–गाउंदै नाच्ने तथा नचाउने हो।

सुन्दर तरीकावाट मज्जाले गीत गाएर नचाउने गजबकी गायिका सरिता प्रजापतिको यो कार्यले यतिखेर देशभर तहल्का मच्चाउन थालिएको छ। पश्चिम नेपालको सुर्खेत, दाङ, नेपालगञ्ज देखि पूर्वीनेपालको झापा, इलाम, धरान–धनकुटासम्म पनि धुम मच्चाइसकेकी सरिताको यो शैलीलाई सवैले मन पराएको छ।

चर्चाको नाममा उत्तेजक गायन तथा नाच शैली प्रस्तुत गर्ने स्टाइललाई झापड मार्ने कार्य बौद्धिक बर्गकी गायिका सरिता प्रजापतिवाट भएको छ। डेढ दशक अगाडि सुनिधि नामक पहिलो एल्बम निकालेकी सरिताले बूढाबूढी एक्सप्रेस, हरहर महादेव लगायतका आधा दर्जन एल्बम निकालिसकेकी छन्। पप, आधुनिक तथा भजन समेत गाइसकेकी यी गायिका स्टेजका कार्यक्रममा नै अत्यन्त व्यस्त बनेकी छन्।

पहिला रहर पछि शौख अनि यतिखेर गायनलाई व्यवसाय पनि बनाउने कार्य उनीवाट भएको छ। गाएर पनि बाँच्न सक्ने जमाना आएको उनले भनेकी छन्।


प्रकाशन मिति–२०७४ साल माघ ४ गते विहीवार ।