काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई पक्राउ गरेको छ।

अख्तियारको टोलीले चौधरी र रेग्मीलाई त्रिपुरेश्वरस्थित गुठी संस्थानकै प्रधान कार्यालयबाट मंगलवार पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर–१ स्थित जग्गाबारे गुठी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गालाई गुठीमै कायम गर्न घुस लिएको तथा फिर्तासमेत गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल पुष १ गते मंगलवार ।