ललितपुर। गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा विशाल मशाल जुलुस प्रदर्शन भएको छ। मंगलबजारबाट शुरु भएको मशाल जुलुस महापाल, प्यंगथाः, पिम्बहाल हुँदै भित्री शहरमा व्यापक प्रदर्शन भएको हो।

स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै मशाल जुलूस निकालेको हो।

सरकारले प्राचीन गुठी चल्न नदिने र धर्म संस्कृति नष्ट गर्ने नियतले विधेयक ल्याइएको भन्दै उनीहरु केही दिन यता विरोध प्रदर्शन गर्दैआएका छन्।

Photo by-Laxmi Kumari Shrestha

प्रकाशन मिति–२०७६ साल जेठ ३१ गते शुक्रवार ।