काठमाडौं। काठमाडौंका आम रैथाने नेवार जातिको गौरब अनि महत्वको विषय रहेको गुठीलाई मास्न ल्याएको गुठी विधेयकका बारेमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य मौन बसेको आरोप लागेको छ।

मेयर शाक्यलाई मेयर बनाउने नेवार जातिको परम्परा र संस्कृति विरुद्ध सरकारले धावा बोलेको बेलामा मेयर शाक्य चुप बसेको काठमाडौंलाई मन परेको थिएन। र छैन पनि। त्यसले गर्दा सामाजिक सञ्जालहरुमा मेयर शाक्यको विरोध भएको हो। त्यसको मतलव मेयर शाक्य अवश्य चुप भएको भने होइन्।

बोलेर भन्दा काम गरेर देखाउने कुरामा बढी विश्वास गर्ने मेयर शाक्यले नबोलिकनै काम गरेर गुठी विधेयक फिर्ता गर्न र गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको मेयर सचिवालयका उच्च समाचार स्रोतले बताएको छ। समाचार स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा रहंदा र फर्केर आउंदा पनि काठमाडौंका जनता गुठी विधेयकवाट आगो बनेको अवगत गराउंदै यसलाई फिर्ता गर्न या खारेजै गर्न दबाब दिने कार्य भएको हो।

प्रधानमन्त्री ओलीले मेयर शाक्य लगायत सत्ताधारी नेकपाका जनप्रतिनिधिहरुको सल्लाह र सुझाव अनुसार नै राष्ट्रिय सभावाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्याललाई फिर्ता गर्न लगाएको समाचार स्रोतको दावी रहेको छ।
प्रकाशन मिति–२०७६ साल असार ३ गते मंगलवार ।