काठमाडौं। सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी संशोधन गर्न बनेको विधेयकको विरोध प्रदर्शनमा प्रहरी गिरफ्तारीमा परेका अधिकारकर्मीहरुलाई रिहा गरिएको छ।

लहना साप्ताहिकका अग्रज पत्रकार नृपेन्द्रलाल श्रेष्ठका अनुसार, आइतवार काठमाडौंको माइतिघर मण्डलामा भएको विरोध प्रदर्शनीमा प्रहरी गिरफ्तारीमा परेका अधिकारकर्मीहरुको रिहा भएको हो।

रिहा हुने अधिकारकर्मीहरुमा डा. महेशमान श्रेष्ठ, कृष्ण भायो, अनिस बैद्य र विकास महर्जन रहेका छन्। अधिकारकर्मीहरुलाई सिंहदरवार प्रहरी प्रभागवाट रिहा गरिएको हो।

प्रहरी दमन र गिरफ्तारीको विरोधमा काठमाडौंको लगन आइतवार सांझ विरोध सभा समेत भएको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २६ गते आइतवार ।