Hair in Guptanga 2

काठमाडौ। नेपालमा विदेशीको सिकोमा तथा डाक्टरको सल्लाह भन्दै हुनेखाने विवाहिता महिलाहरुले गुप्ताङ्गका रौं खौरने तथा सफाचट गर्ने फेसन जस्तो बन्न थालेको छ। यौन समागम तथा अन्य विविध कारणले गुप्ताङ्गमा रहेका प्राकृतिक रौंहरुलाई खौरने तथा कस्मेटिक प्रयोग गरेर सफाचट गर्नेहरुलाई नगर्नेको तुलनामा धेरै नै समस्या आउने गरेको एक अध्ययनले पुष्टि गरेको छ।

फेसनको नाममा तथा गुप्ताङ्गमा रहेको रौंलाई काट्नुभन्दा नकाट्नु नै फाइदा हुन्छ। प्राकृतिक रुपमा उम्रेका ती रौंले समस्या भन्दा प्राकृतिक रुपमा सुरक्षा प्रदान गर्ने गर्छन्। ती रौंहरु झरेर योनीभित्र पसेर पाठेघरमा समेत संक्रमण हुने डर देखाएको भरमा धेरैले गुप्ताङ्गका रौंहरु खौरने तथा सफाचट गर्ने धेरै नेपाली विवाहिता तथा अविवाहिता महिलाहरु पाइएको छ। जुन कार्य गर्न राम्रो हुंदैन। उल्टै संक्रमण हुने तथा डरलाग्दो यौनजन्य रोग लाग्ने गरेको अमेरिकामा गरिएको एक अध्ययनले पुष्टि गरेको छ।

Hair in Guptanga 1

संवेदनशील गुप्ताङ्गमा बारम्बार ब्लेड जस्ता औजार प्रयोग गरेर रौं खौरनाले छाला धेरै फाटिन सक्छ। जसका कारण भाइरस सहज ढंगले शरीरमा प्रवेश पाउने गर्दछन्। अर्कोतर्फ त्यसप्रकारको औजारले सफाचट गर्दा मिस्टेकली घाउ तथा चोटपटक लाग्न सक्छ। जसवाट विभिन्न संक्रमण हुने गर्छ। जुन पछि गएर भयानक यौनरोग लाग्न सक्ने संभावना हुने अध्ययनले पुष्टि गरिसकेको छ। तसर्थ, गुप्ताङ्गका रौं खौरने बानी राम्रो होइन। यो बानीलाई त्याग्नु नै राम्रो हो।
प्रकाशन मिति–२०७३ साल माघ ९ गते आइतवार ।