अग्रज अभिनेता तथा निर्देशक एवम् फोटोग्राफर पवन जोशीको काठमाडौं महानगरपालिका वडा नंबर १३ कालिमाटी स्थित पवन स्टुडियोमा पवन जोशीलाई गुरुपूजा गर्नेहरुको रौनकताले अग्रज अभिनेता जोशीको ठूलो आदर तथा सम्मान भएको छ।

काठमाडौं। आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिवार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने पर्व गुरुपूर्णिमा हो। यस पर्वमा आफूलाई शिक्षा दिक्षा दिने देखि विभिन्न सत्मार्ग देखाउने महान गुरुहरुलाई पूजाअर्चना गर्ने तथा सम्झने गुरुपूर्णिमाका दिन गर्ने गरिन्छ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ।

गुरुपूर्णिमाका अवसरमा विगत ५१ बर्षदेखि नेपाली कलाकारिता तथा फोटोग्राफी क्षेत्रमा अविच्छिन्न लाग्दैआएका अग्रज अभिनेता तथा निर्देशक एवम् फोटोग्राफर पवन जोशीको काठमाडौं महानगरपालिका वडा नंबर १३ कालिमाटी स्थित पवन स्टुडियोमा
पवन जोशीलाई गुरुपूजा गर्नेहरुको रौनकताले अग्रज अभिनेता जोशीको ठूलो आदर तथा सम्मान भएको छ।

गायक कृष्ण महर्जन, सञ्जु महर्जन, इन्दु ज्यापुनी, राजेश शाक्य, रविन्द्र महर्जन, अनु महर्जन, राम महर्जन, अनिल तुलाधर, राजेश शाक्य–क, विजय मास्की, क्रान्ति शाक्य, राजेन्द्र शाक्य, श्याम स्मृत देखि शान्त बहादुर शाक्यसम्म पुगेर अग्रज अभिनेता जोशीलाई कलाकारिता तथा फोटोग्राफी एवम् मार्गदर्शकका रुपमा गुरुपूजा गर्न चुकेनन्। जुन एक आदर्श गुरुप्रतिको समादर तथा सम्मान हो।

जसवाट पवन जोशी जस्ता महान गुरुहरुले योगदानको कदर भएकोमा गौरबता व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७८ साल साउन ९ गते शनिवार । (गुरुपूर्णिमा)