काठमाडौं। । सेवा नै धर्म हो भन्ने महान उदेश्य वोकेको गृहिणी महिला बचत समूह विजेश्वरीले बर्षेनी बालआश्रम तथा बृद्धाश्रममा सहयोग गर्ने गरेको छ। यसक्रममा यो बर्षपनि त्यस कार्यलाई निरन्तरता दिएको हो।

यो बर्ष काठमाडौंको गोङ्गबुँ बसपार्क नजिक रहेको हिमालय बृद्धाश्रम पुगेर सहयोग वितरण गर्ने कार्य भएको छ।

गृहिणी महिला बचत समूह विजेश्वरीकी अध्यक्ष सुनिता कायस्थ (श्रेष्ठ) बज्राचार्यको नेतृत्वमा पुगेको गृहिणी महिला बचत समूह विजेश्वरीले बृद्धाश्रममा रहेको बृद्ध–बृद्धाहरुलाई भोजन गराउनुको अलावा बृद्धाश्रमका लागि केही नगद सहयोग समेत गरेको समूहले जनाएको छ।

प्रकाशन मिति–२०७९ साल असोज २ गते आइतवार ।