Gongabu Fire

काठमाडौ। काठमाडौको गोँगबु नयाँ बसपार्कमा रहेको गेस्टहाउसमा आगलागी भएको छ । आज शनिवार अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले बताएका छन्।

घरमा आगलागी हुँदा पहिलो तल्लामा रहेको ‘श्रेष्ठ पुस्तक पसल’ र ‘सप ट्राभल्स’मा करिब ३० लाख बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुवास खड्काले भनेका छन्। जसवाट पुस्तक पसल खरानी नै भएको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले दमकलको प्रयोगबाट समयमै आगो नियन्त्रणमा लिइएकाले दोस्रो तल्लाभन्दा माथि आगो फैलिन पाएन ।
प्रकाशन मिति–२०७३ साल चैत्र १२ गते शनिवार ।